Pages

Tuesday, 1 December 2015

नेपाल पसेका भारतीय फौजका १३ जवान सशस्त्रको नियन्त्रणमा



         


      २०७२ मंसिर ; 

  झापा:  अनाधिकृत रुपमा नेपाल सिमा प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल
   एसएसबीका १३ जना जवान झापामा पक्राउ परेका छन्। 

 भारतीय सीमा सुरक्षा बलका १३ जनालाई झापाको केचनास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले आइतबार विहान नियन्त्रणमा लिएको हो। इन्सास राइफलसहित फौजी पोशाकमै नेपाली भूमिमा छिरेका उनीहरुलाई नियन्त्रणमा लिइर सीमा सुरक्षा टोलीको केचनास्थित ब्यारेकमा राखिएको छ।

पेट्रोलियम पदार्थ लिन भारत गएका नेपालीमाथी आक्रमण गर्दै नेपालतर्फ प्रवेश गरेपछि उनीहरु सशस्त्रको नियन्त्रणमा परेका हुन् ।
नेपालमै छिरेर आफूहरुमाथि आक्रमण गर्न थालेपछि केचनास्थित स्थानीयवासी सुरुमा प्रतिक्रारमा उत्रिएका थिए ।स्थानीयको प्रतिक्रार लगत्तै पुगेको सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी हतियारसहित ब्यारेकमा राखेको हो । 

No comments:

Post a Comment