HoT NewS
Wednesday, 26 February 2020
Welcome Shayari for a function
Welcome Shayari for a function: दिल को सकुन मिलता है मुस्कुराने से। महफिल मे रौनक छा गयी आपके आने से॥ » Welcome Shayari for a function in Hindi » सबसे बेहतर शायरी पाने के लिए आपका स्वागत ..
Wednesday, 13 January 2016
Sunday, 3 January 2016
भूकम्पको झड्काले त्रसायो पूर्वी नेपाललाई
पुस २० । सोमबार बिहानै ६.८ रेक्टर स्केलको भूकम्पको ठूलो झड्का महशुस गरिएको छ । भूकम्प भारतको मनिपुर इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर गएको थियो ।
नेपालको पूर्वी भागमा भूकम्पको ठूलो झड्का महशुस गरिएको थियो । भूकम्पको ठूलो झड्का महशुस गरेका पूर्वी नेपाल ईलाम , झापा , पाँचथर लगायत क्षेत्रका वासिन्दा घरबाहिर निस्किएर बसेको झापाका स्थानीय वासिन्दा ले जानकारी दिएका छन् ।
Vedio 》
______________________________________________
Baate ye kavi naa tu bhulna - hindi song

Tuesday, 1 December 2015
एसएसबी प्रवेश प्रकरण: बिनाकारबाही छोड्दा स्थानीय आक्रोशित
(झापा): हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई बिनाकारबाही फिर्ता गरेको भन्दै केचनाका बासिन्दाले स्थानीय प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्।
आइतबार बिहान ७ बजे झापाको दक्षिण सीमावर्ती गाविस केचनामा दसगजा छिचोलेर हतियारसहित एसएसबीका १३ जवान प्रवेश गरेका थिए। जिल्ला प्रशासन कार्यालय झापाले उनीहरूलाई आइतबार दिउँसो २ बजे एसएसबीका अधिकारीको जिम्मा लगाएको थियो।
हतियारसहित नेपाल छिरेपछि गाउँलेको ठूलो समूहले ‘भारतीय गुन्डागर्दी बन्द गर, हतियारसहित नेपाल आएका एसएसबीलाई कारबाही गर’ लगायत नारा लगाउँदै केचनामा प्रदर्शन गरेको थियो। सोही क्रममा स्थानीय बासिन्दा र एसएसबीका जवानबीच हात हालाहालसमेत भएको केचना ६ स्थित दीपेन्द्र प्राथमिक विद्यालयका शिक्षक पञ्चानन राजवंशीले बताए।
राजवंशीका अनुसार गाउँलेलगायत नेपाल-भारत सीमाका व्यापारीको ठूलो समूहले एसएसबीलाई कारबाही गर्न माग राखेको थियो। स्थानीय बासिन्दासँग हात हालाहालको स्थिति आएपछि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले नेपाल छिरेका एसएसबीका जवानलाई उद्धार गरेर पोस्टमा राखेको गाउँलेले बताए।
केचना ९ का कर्णबहादुर बिष्टका अनुसार सशस्त्र प्रहरीले एसएसबीका जवानलाई पक्राउ गरेको नभई गाउँलेसँग झडप हुने भएकाले उद्धार गरेको हो।
बिष्टले हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बलका जवानलाई नेपालमा सम्मान दिएको देख्दा अचम्म लागेको बताए।
उनले भने, ‘हतियारसहित अर्काको देशमा आएका एसएसबीलाई कुनै कारबाहीबिना छाडेको देख्दा अचम्म लागेको छ। कम्तीमा जिल्ला सदरमुकामसम्म लगेर छाडेको भए पनि चित्त बुझाउने ठाउँ रहन्थ्यो।' यही कुरा अधिकांश गाउँलेले पनि उठाएका छन्।
स्थानीय शिक्षक पञ्चानन राजवंशीले भारतले यति हेप्दा पनि नेपालको प्रशासन टुलुटुलु हेरेर बसेकोमा केचनाबासी निकै चिन्तित बनेको बताए। हतियारसहित एसएसबी नेपालका गाउँमा पसेको खबर पाउनासाथ झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायबउपरीक्षक भीमबहादुर दाहाल केचना पुगेका थिए।
उनीहरूले हतियारसहित आएका एसएसबीलाई गाडीमा हाली दसगजामा पुर्याएर १२ बटालियन किसनगन्जका सेकेन्ड इन कमान्डेन्ट शेषभगत नागी र असई नरेश कुमारको जिम्मा लगाएका थिए। सीमा अपराधमा मिलेर काम गर्ने र आइन्दा हतियारसहित नेपाल प्रवेश नगर्ने प्रतिबद्धता एसएसबीले जनाएपछि उनीहरूलाई सम्मानका साथ भारतीय पक्षलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए।
- ************************************************************
चीन जोड्ने सडकको जिम्मा सेनालाई
२०७२ मंसिर १५ मंगलबार
काठमाडौं: भारतीय नाकाबन्दीका कारण अत्यावश्यक वस्तुको आपूर्ति ठप्प भएपछि सरकारले सक्दो छिटो चीनसँगको नाका रसुवागढीसम्मको सडक विस्तार गर्न विद्यमान ऐननियम निलम्बन गरी सेनालाई जिम्मा दिने निर्णय गरेको छ।
सरकारले नेपाली सेनालाई डेढ वर्षभित्र वेत्रावतीदेखि रसुवागढीसम्मको ट्र्याक खोल्न जिम्मा दिन लागेको हो। त्यसपछि कालोपत्रे गर्ने काम भने सडक विभागले गर्ने भएको छ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसहित विभिन्न ६ मन्त्रालयका सचिव र विभागीय प्रमुख सम्मिलित बैठकले आगामी दुई वर्षभित्र धादिङको गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर सडक दुई लेनको कालोपत्रेमा स्तरोन्नति गर्ने निर्णय सोमबार गरेको हो।
सरकारले द्रूत गतिमा सडक निर्माणकार्य पूरा गर्न आवश्यक बजेटको बन्दोबस्त गर्ने अर्थमन्त्री पौडेलले बताए। 'डबल लेनको सडक निर्माणका लागि हामी सबै प्रतिबद्ध छौं', पौडेलले अन्नपूर्णसँग भने।
सडक विभागका महानिर्देशक माधवकुमार कार्कीका अनुसार बैठकले सार्वजनिक खरिद ऐनको दफा ६६ प्रयोग गरी असाधारण परिस्थितिमा प्रक्रिया छोट्याई छिटोभन्दा छिटो सडक निर्माण गर्ने निर्णय गरेको हो। विभागमार्फत मन्त्रालयले मंगलबार मन्त्रिपरिषद्मा यससम्बन्धी प्रस्ताव पठाउने सम्पूर्ण तयारी पूरा गरेको जानकारी उनले दिए।
मन्त्रिपरिषद्ले खरिद ऐनको दफा ६६ प्रयोग गरी विभिन्न निकायको सहमति र स्वीकृति लिनुपर्ने कानुनी प्रावधानलाई निलम्बन गर्छ। 'कुनै भयानक दैवी विपत्ति आएन भने सडक निर्माण सुरु भएको दुई वर्षमा हामी सम्पूर्ण निर्माणकार्य पूरा गर्नेछौं’, बैठकपछि महानिर्देशक कार्कीले भने, 'वातावरणीय प्रभाव मूल्यांकन, रूख काट्ने स्वीकृति, निकुञ्जको सहमतिलगायत ऐननियमले तोकेका प्रावधान लागू नहुने गरी प्रक्रिया छोटो हुनेछ।'
सडक विभागले दुई महिनाभित्र उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न परामर्शदाता छनोट प्रक्रिया पनि सुरु गरिसकेको कार्कीले बताए। राष्ट्रिय गौरवको आयोजनाका रूपमा पहिलोपटक ऐननियम निलम्बन गरी निर्माण गर्न लागिएको यस आयोजनाको अनुमानित लागत ८ अर्ब रुपैयाँ छ।
रसुवा र नुवाकोटको सीमानदी बेत्रावतीदेखि विकट भौगोलिकता, कडा चट्टानलगायत प्राविधिक कारणले प्रतिकिलोमिटर सडक निर्माण १० करोड रुपैयाँ पर्ने विभागको अनुमान छ।ठेकेदारलाई ठूलै दैवी विपत्तिबाहेक अन्य कुनै पनि हालतमा म्याद थप गर्न नदिने, उसले काम गर्न नसके तत्काल कालोसूचीमा राखी अर्को ठेकेदार नियुक्त गर्ने र पहिलेको ठेकेदारले गर्न नसकेको हर्जना र क्षतिपूर्ति भराउने गरी ठेक्का हुने कार्कीले बताए। 'हामी बढीमा २०७४ चैत मसान्तसम्म डबल लेनको बाटो तयार गर्ने गरी काम गर्नेछौं', उनले भने।
महानिर्देशक कार्कीले सडक निर्माणको खाकाबारे भौतिक योजनामन्त्री, अर्थमन्त्री, बन, ऊर्जा, भूमिसुधार, वातावरण मन्त्रालयका सचिव र सडकसित सरोकार राख्ने अन्य विभागका महानिर्देशकलाई प्रस्तुति गरेका थिए। बैठकमा सहभागी सरकारका सबै निकायबाट सडक निर्माणमा कुनै बाधा आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। 'यो मोडलमा सडक बने नेपालका लागि ऐतिहासिक हुनेछ', कार्कीले भने।
चीनको व्यापारिक नाका सिगात्सेदेखि केरुङसम्म दुई लेनको सडक छ । रसुवागढीबाट केरुङसम्मको २२ किलोमिटर दुई लेनको सडक विद्यमान रहेको र चीनले सन् २०१८ सम्म ब्रोडगे्रज रेलवे आउने गरी काम गरिरहेको छ। उक्त ब्रोडगेज निर्माण पूरा भएपछि हाल भइरहेको व्यापारमा अझ बढी सहज हुनेछ।
नेपाल पसेका भारतीय फौजका १३ जवान सशस्त्रको नियन्त्रणमा
२०७२ मंसिर ;
झापा: अनाधिकृत रुपमा नेपाल सिमा प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल
एसएसबीका १३ जना जवान झापामा पक्राउ परेका छन्।
भारतीय सीमा सुरक्षा बलका १३ जनालाई झापाको केचनास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले आइतबार विहान नियन्त्रणमा लिएको हो। इन्सास राइफलसहित फौजी पोशाकमै नेपाली भूमिमा छिरेका उनीहरुलाई नियन्त्रणमा लिइर सीमा सुरक्षा टोलीको केचनास्थित ब्यारेकमा राखिएको छ।
पेट्रोलियम पदार्थ लिन भारत गएका नेपालीमाथी आक्रमण गर्दै नेपालतर्फ प्रवेश गरेपछि उनीहरु सशस्त्रको नियन्त्रणमा परेका हुन् ।
नेपालमै छिरेर आफूहरुमाथि आक्रमण गर्न थालेपछि केचनास्थित स्थानीयवासी सुरुमा प्रतिक्रारमा उत्रिएका थिए ।स्थानीयको प्रतिक्रार लगत्तै पुगेको सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी हतियारसहित ब्यारेकमा राखेको हो ।
Tuesday, 7 July 2015
Subscribe to:
Comments (Atom)



